कोदोबालीमा किरा आतंक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिन्धुपाल्चोक, २६ असोज । कोदोलाई सुक्खा सहने, रोग तथा कीरा कम लाग्ने र कम उर्बर जमिनमा पनि राम्ररी फल्ने बालीका रुपमा लिइन्छ ।

तर, जलवायुु परिवर्तनबाट कम प्रभावित हुने कोदोबालीमा कीरा लाग्न थालेपछि सिन्धुपाल्चोकका कृषक चिन्तित भएका छन् ।

फल्ने बेलाको कोदोको पात पहेंलो हुने तथा जरा र टुप्पो सुक्दै जान थालेपछि सिन्धुपाल्चोकको मेलम्ची, पाँचपोखरी, थाङ्पाल, हेलम्बुलगायत क्षेत्रका कृषक चिन्तित बनेका हुन् ।

सिँचाइ नहुने, रुखोपाखो जग्गामा पनि आकाशे पानीको भरमा कोदोखेती गरिन्छ । कोदोमा रासायनिक मल पनि प्रयोग हुँदैन । तर, अचानक देखिएको अज्ञात रोगले कोदो सखाप पारेको र समाधानको कुनै उपाय फेला नपरेको कृषकको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयले पनि कोदोमा देखापरेको रोग तथा कीरा नियन्त्रण चुनौतीपूर्ण बनेको जनाएको छ ।

नेपालको नेपालको मनाङ र मुस्ताङबाहेका करिब सबै जिल्लामा कोदोखेती गरिन्छ । सिन्धुपाल्चोकमा जस्तै कोदोमा रोग तथा कीराको प्रकोप फैलिन नदिन कृषि कार्यालय बेलैमा सचेत हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);