एनआरएनको नेतृत्वमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना गुरूङबीच प्रतिस्पर्धा हुने भएको छ। संघको शनिबारदेखि सुरू हुने आठौं विश्व सम्मेलन र अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। सम्मेलनमा सहभागी हुन विश्वभरबाट प्रतिनिधि आउनेक्रम जारी छ।

भट्ट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) उपाध्यक्ष र गुरूङ आईसीसी सदस्य हुन्। गुरूङले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उठ्ने घोषणा गरेकी हुन्। भट्टले करिब एक महिनाअघि नै अध्यक्षमा उठ्ने घोषणा गरेका थिए।

दुईबीच अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा भएपछि एनआरएनहरूबीच चुनावी सरगर्मी सुरू भएको छ। दुवै पक्षले आ-आफ्नो पक्षमा पार्न आन्तरिक तयारी तीव्र पार्नुका साथै राजनैतिक दलको समर्थन जुटाउनसमेत सक्रिय देखिएका छन्।

ताजा समाचार