काठमाडौँ, २२ भदौ । सरकारले बिना सर्त शिलबन्दी नखोलेसम्म बन्द गरिएको राजधानीस्थित दरबारमार्गका पसलहरु नखोल्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।
विहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दरवारमार्ग क्षेत्रका व्यवसायीहरुले शिलबन्दी नखोलेसम्म अन्य पसलहरु निरन्तर बन्द गर्ने चेतावनी दिएका हुन् । सरकारले चाडपर्वको मुखमा आएर व्यवसायीहरुसँग सल्लाह नै नगरी बजार अनुगमन गरेको भन्दै उनीहरुले अनुमगनलाई नै गैरकानुनी भनेका छन् ।

सोमवार र वुधवार गरी दरवारमार्गमा पर्ने मूल्य भन्दा निक्कै महंगोमा वस्तु विक्री गरेको सूचनाका आधारमा सरकारले छड्के अनुगमन गरी आधा दर्जन पसलहरु शिल गरेको थियो । कालोवजारी गरेको आरोपमा राजधानी स्थित दरवारमार्गस्थित आधा दर्जन पसलमा सरकारले शिलवन्दी गरे.पछि व्यवसायीहरु आन्दोलित बनेका हुन् ।





