प्रेम सम्बन्ध विवाद : दुई परिवारबीच झडप, ११ जना घाइते, दुई गम्भीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २२ भदौ । रुपन्देहीमा प्रेम सम्बन्धबारे चुक्ली लगाएको भन्दै दुई छिमेकी परिवारबीच झडप हुँदा ११ जना घाइते भएका छन्।

प्रेम सम्बन्धका कारण दुई परिवारबीच सुरु भएको झडपमा छुटाउन आएका छिमेकी सहित ११ जना घाईते भएका हुन्। घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ। घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवा र भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। उनीहरु मनौवर अलि शेख र उनका छोरा हुन्। प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको रोहिणी गाउँपालिका ६ विशुनपुराका मनौवर अलि शेख र छोटु यादव परिवारबीच भनाभन सुरु भएको थियो।

झगडा बढ्दै जाँदा शेष परिवारले भालासहित आक्रमण गरेको थियो । आक्रमणपछि उग्र बनेको झडप छुट्याउन पुगेका छिमेकी समेत घाइते भएका हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);