पर्याप्त छलफल गरेर मात्रै निर्णयमा पुग्न नेतृत्वलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

पर्याप्त छलफल गरेर मात्रै निर्णयमा पुग्न नेतृत्वलाई सुझाव

nekapaa

सरकारको कार्यशैलीले जनताप्रतिको विश्वास गुम्दै गएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं, २१ असार । नेकपाका सांसदहरुले आफ्नै निर्णयबाट पछि हट्ने सरकारको कार्यशैलीले जनताप्रतिको विश्वास गुम्दै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसद भवन नयावानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा सांसदहरुले पर्याप्त छलफल गरेर मात्रै निर्णयमा पुग्न नेतृत्वलाई सुझाव दिएका हुन् । गुठी विधेयक, आईफा अवार्ड र भारतबाट आयातित तरकारी तथा फलफुलमा प्रयोग भएको विषादी परीक्षण नगर्ने लगायत विषयमा सरकारले गरेका निर्णयहरु आलोचित भएको भन्दै सांसदहरुले त्यस तर्फ नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले सरकारका कतिपय राम्रा कामहरु पनि पार्टीको संयन्त्र विकास हुन नसक्दा जनतामाझ लैजान नसकिएको भन्दै पार्टी एकताको काम छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी तीन तहको सरकारबीच आवश्यक समन्वयन हुन नसक्दा जनताले राज्य संञ्चालनको नयाँ स्वरुपको पुर्ण सरकारको अनुभव गर्न नपाएको र विकास निर्माणका कार्य पनि प्रभावित भएको भन्दै सांसदहरुले त्यस तर्फ पनि आवश्यक पहल गर्न नेतृत्वलाई सुझाएका थिए ।

सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकहरुका बारेमा संसदीय समितिमा पर्याप्त छलफल हुन नसक्दा प्रतिरक्षा गर्न नसकिएको गुनासो पनि सांसदहरुले गरेका थिए ।

बैठकमा दुवै अध्यक्षले एक महिनाभित्र पार्टी एकताको सम्पुर्ण प्रक्रिया पुरा गर्ने विश्वास दिलाउनुभएको सांसद राम नारायण विडारीले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक बर्ष देखि सरकारका कामकारवाही तिब्र हुने आश्वासन दिलाउनुभएको थियो ।

यसअघिका संसदीय दलको बैठकमा सधै नेतृत्वले निर्देशन दिने मात्रै काम भएको भन्दै विरोध हुँदै आएकोमा १६ गते सोमबार र आज शनिबारको बैठकमा सांसदहरुले आफ्ना भनाईहरु राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);