सीमा अतिक्रमण: सांसदद्वारा प्रभावकारी कदम चाल्न सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सीमा अतिक्रमण: सांसदद्वारा प्रभावकारी कदम चाल्न सुझाव

saamsad

काठमाडौं, ३० वैशाख । सांसदहरुले नेपालको सुदुरपश्चिममा भारतीय पक्षबाट गरिएको सिमा अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले भारतीय पक्षबाट नेपालको सिमा अतिक्रमण हुदै आएको र त्यसको दीर्घकालिन समाधान निकाल्न नसक्दा विभिन्न वहानामा अतिक्रमण हुने क्रम बढ्दै गएको भन्दै प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद देवेन्द्र पौडेलले सीमा समस्या समाधानका लागि सबैलाई एकतावद्ध गर्दै मुर्त र परिणाममुखी पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नन्द बहादुर रोका क्षेत्रीले भारतले पटक पटक नेपाललाई दुख दिने गरेको भन्दै सार्वभौम सत्ता सम्पन्न देशलाई हेप्ने भारतीय प्रवृत्तिबिरुद्ध सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । मुलुकको अस्मिता जोगाउनका लागि सरकारमाथि प्रहार गर्ने काम छोडेर संयुक्त राष्ट्रिय मोर्चा बनाई अघि बढ्न आव्हान गर्नुभयो ।

सांसदहरुले सिमा अतिक्रमणको विषयलाई लिएर अन्तराष्ट्रिय अदालत जान पनि सरकारलाई सुझाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);