काठमाडौं, १८ असार । बुधबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से १५.६२ अंकले बढेर परिसूचक एक हजार दुई सय ६८ दशमलब छ आठ अंकमा पुगेको छ ।
१ सय ७४ कम्पनीका २० लाख ६४ हजार ९ सय १३ कित्ता शेयर ७ हजार ५ सय १९ पटकको कारोबारबाट ५५ करोड २ लाख ४७ हजार ८ सय १३ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३दशमलव ०२ अंकले बढेर २ सय ७२ दशमलब नौ आठ अंकमा पुगेर बन्द भएको छ ।
बुधबार कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ९४दशमलव ९३ अंकले उकालो लागेको छ । नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी ४ करोड ५३ लाख ३१ हजार ८ सय ७० रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ८दशमलव १० प्रतिशतले कमाएका छन भने रिलायन्स फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ६दशमलव ०६ प्रतिशतले गुमाएका छन ।