किन भयो प्रचण्ड र देउवाबीच गोप्य भेटवार्ता ? | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

किन भयो प्रचण्ड र देउवाबीच गोप्य भेटवार्ता ?

deuba and prachanda

तेजना पण्डित 
काठमाडौं, १५ असार । पछिल्लो समय नेकपाका अध्यक्ष प्रचण्ड र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच भएको गोप्य भेटवार्तालाई लिएर अहिले अनेक अडकलबाजी गरिन थालिएको छ । सरकारको प्रभावकारिता माथि प्रश्न उठिरहेको बेला विपक्षी दल नेपाली काँग्रेसका सभापतिले सरकार ढाल्ने चेतावनी दिनु र अध्यक्ष प्रचण्डसँग देउवाले छुटृै गोप्य भेटघाट गर्नुले अहिले के हुँदैछ भनी राजनीतिक वृत्तमा बहस बढेको छ ।

सत्तारुढ दल नेकपा गठनको १३ महिना सम्मपनि पार्टी एकताले पुर्णता नपाउनु, जिम्मेवारी बाँडफाँडमा लफेडा बढ्नु, पार्टीको सैद्धान्तिक बहस लम्बिनु, अनि दुई अध्यक्ष बिच आलोपालो सरकार संचालन गर्ने सहमतीको रहस्य बाहिरिनु सत्तारुढ दल भित्र किचलो छ भन्ने बुझ्न कठिन छैन । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले अब दशैंसम्म सरकारको आलोचना हुँदैन भन्नुले पनि पार्टी विवादकाबीच थामथुममा अघि बढेको छ भन्ने स्पष्ट छ । विवाद यतिसम्म बढेको छ कि प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठन गर्ने मनस्थितिमा पुगिसक्नु भएको छ ।

यद्यपी उहाँले यो हल्ला मात्र हो भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ । यिनै घटनाक्रमहरुका बीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढाल्ने चेतावनी दिनु भएको छ ।

चेतावनीकै बीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शभापति शेरवहादुर देउवाबीच शुुक्रवार गोप्य भेटघाट भएको छ । भेटघाटको कुरा बाहिर आएको छैन तर सत्तारुढ दलको सचिवालय बैठकसमेत बस्न नसकेको र दुई अध्यक्षबीच संवादहीनको अवस्था भएको बेला देउवा र प्रचण्डबीच भएको भेटघाटलार्ई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष प्रचण्डसंगको भेटलाई लिएर अहिले अनेक अडकल बाजी भइरहेको छ । अर्थपूर्ण रुपमा हेरिएको छ । तर सत्तापक्षका नेता भने यो भेटघाटलाई सरकार परिवर्तनको रुपमा बुझ्न नहुने बताउँछन् ।

नेपालको राजनीतिमा अहिलेसम्म कुनै एक दलले पुर्ण अवधि सरकार चलाएको इतिहास छैन । यहाँ सरकार ढाल्न र सत्तामा जान अनेकौ चलखेल भएको प्रशस्तै नजिर छ । यसो हुनुलाई नेपाली नेताहरुको कमजोरीको रुपमा लिने गरिन्छ । अनि बाह्य हस्तक्षेपको प्रत्यक्ष प्रभावको रुपमा पनि लिने गरिन्छ । जसलाई नेपाली जनताले खासै रुचाएका पनि छैनन् ।

तर जेहोस, अहिले सत्तारुढ दलको सचिवालय बैठक समेत बस्न नसक्नु, पार्टी अध्यक्षद्वय फरक धारमा भाषण गर्नु र सरकार पुनर्गठन वा नेतृत्वमा आलोपालोको बहस चर्किएको बेला प्रचण्ड र देउवाबीच भएको गोप्य भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);