एसइई परीक्षाको नतिजा: जिपिएमा तल्लो तहका विद्यार्थीमा आत्महत्या गर्ने तथा मनोवैज्ञानिक असर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एसइई परीक्षाको नतिजा: जिपिएमा तल्लो तहका विद्यार्थीमा आत्महत्या गर्ने तथा मनोवैज्ञानिक असर

SEE-result-gpa

अपेक्षा तिमिल्सेना

काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा भएको एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक भएकोले परीक्षामा सामेल भएका सबै विद्यार्थी पास भएको भएपनि जिपिएका आधारमा कस्को नतिजा कस्तो भनेर सामाजिक संजाल लगायतमा बधाई दिने परिपाटीले जिपिए वर्गिकरणको तल्लो तहमा रहेका विद्यार्थीहरुमा आफु कमजोर भएको मनोवैज्ञानिक असर पर्ने गरेको छ ।

एसईई परीक्षा विद्यालय शिक्षावाट पार पाउँने एक तहमात्र हो । तर यसलाई फलामे ढोकाका रुपमा अभिभावक, शिक्षक लगाएतले परिभाषित गरिदिदा विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्ने गरेको छ । एसईई परीक्षालाई छोडेर कक्षा १ देखि स्नातकोत्तर सम्मको पढाइ सकाउँदा एउटा विद्यार्थीले करिब १९ वटा जति अरु परीक्षामा सामेल हुनुपर्दछ । तर सबै परीक्षाका समाचारलाई जोड्दा जति संख्या हुन्छ, त्यसको पचासौँगुना बढी एसएलसीको मात्र समाचार संचारमाध्यमहरूमा आउने गर्छ ।

जिपिए वर्गिकरणमा तल्लो तहमा पर्ने विद्यार्थीहरुले आत्महत्या समेत गर्ने गरेका छन । नतिजा प्रकाशित भएसंगै अहिले सामाजिक संजालमा बधाई दिने आफन्तको होडवाजीनै चलेको छ । यो परीक्षा पास गरिएन भने संसारै डुब्छ भनेर सिकाउँदै आइएको छ । कतिपय विश्वप्रसिद्ध व्यक्तिहरू पनि अध्ययनमा अनुत्तीर्ण भएका उदाहरणहरू हामी सामु छन् ।

यसको अर्थ अध्ययनमा अनुत्तीर्ण भए पनि हुन्छ भन्ने चाहिँ होइन । अर्थ के मात्र हो भने एसईईको अंकले मात्र जीवन सफल वा असफल भन्ने हुँदैन। विलियम सेक्सपियर ५ कक्षामा दुईपटक फेल भएका, रवीन्द्र ठाकुर एसएलसीमा सातपटक फेल भएका, महात्मा गान्धी तेस्रो डिभिजनमा एसएलसी पास भएकाजस्ता थुप्रै उदाहरण हाम्रा सामु छन् । यो परीक्षालाई फलामे ढोकाको रुपमा विश्लेषण गरिनुले एसइई परीक्षालाई अभिभावकहरुले पनि यसलाई ठूलो रुपमा लिएको मनोविज्ञ डाक्टर कपिलदेव उपाध्यायको भनाई रहेको छ ।

अभिभावकले अनावश्यक दवाव दिने गरेका कारण विद्यार्थीहरुमा समस्या आउने गरेको हो । राम्रो अंकका लागि अभिभावकले हरपल दवाव दिने गरेका राम्रो अंक ल्याउन नसकेका विद्यार्थीहरुले आत्महत्या समेत गर्ने गरेको निलवाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक डाक्टर जानुका नेपालको वुझाई रहेको छ ।

एसईई अध्ययनको एउटा तह मात्र हो मानव जीवनको अन्तिम परीक्षा होइन भन्ने विद्यार्थीहरुलाई बुझाउन आवश्यक छ । यसो हुन सके जिपिएको तल्लो तहमा पर्ने विद्यार्थीहरु समेतलाई हौसला त मिल्छ नै उच्च शिक्षा अध्ययनमा राम्रो अंकका लागि प्रेरणा समेत दिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);