गुठी विधेयकको पक्ष र विपक्ष दुवैखाले आन्दोलन एकै पटक किन उठ्यो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

गुठी विधेयकको पक्ष र विपक्ष दुवैखाले आन्दोलन एकै पटक किन उठ्यो ?

guthi bidek-dui paksh

काठमाडौं, ३२ जेठ । गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा विधेयकको पक्षमा जुलुस र सभा भयो । राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्यता नै सिध्याउने भन्दै फिर्ता गर्नुपर्ने माग भइरहेको छ ।

दाङको आन्दोलनले सामन्ती संरचनाबाट बनेका गुठीहरूको शोषण अन्त्य गर्ने भन्दै विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने माग राखेको छ । विधेयकको पक्ष र विपक्ष दुवैखाले आन्दोलन एकै पटक किन उठ्यो ? यसका कारण खोज्न विधेयकमा प्रस्तावित प्रावधानभित्रै छिर्नुपर्ने हुन्छ ।

विधेयकले गुठीहरूको प्रकृति कस्तो हो छुट्याएको छैन । नेपालभर रहेका गुठीलाई एउटै खालको ठानेर व्यवस्थित गर्ने भनियो । गडबडीको सुरुवात त्यहींबाट भएको छ । कुनै गुठी विगतमा सामन्ती संरचनाका कारण बनेका छन् भने कुनै जात्रापर्व, रीतिरिवाज सञ्चालन गर्ने उद्देश्यले । यसलाई विधेयकले एउटै डालोमा हालेको छ ।

काठमाडौंमा रहेका अधिकांश गुठी जात्रा, पर्व, जन्म, मृत्युलगायतका संस्कार सञ्चालनका लागि क्रियाशील छन् । जुन गुठी नहुने हो भने दैनिक जीवनयापन नै बिथोलिने गुठियारको तर्क छ ।

ठीक यसको विपरीत तर्क दाङमा उठेको छ । सयौं बिघा जग्गा गुठीमा रहने तर त्यसको खनजोत गर्ने व्यक्तिचाहिँ गुठीलाई कुत बुझाउँदा बुझाउँदै वर्षौंदेखि कंगाल भइरहनुपर्ने अवस्था असंगत रहेको उनीहरूको तर्क छ । दाङमा उठेको आन्दोलनमा नेकपाका नेताहरूसमेत सहभागी छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);