एमालेद्वारा पार्टीको माग सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

एमालेद्वारा पार्टीको माग सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण

काठमाडाैं । नेकपा एमालेले आफ्नो पार्टीको मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ ।

महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गरेर प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभा संचालन गर्न सरकार र सभामुखकोे ध्यानाकर्षण गराएका हुन् ।

उनले सरकारले बजेटको विषयमा उदासीन र गैरजिम्मेवार चरित्र देखाएको आरोप पनि लगाउनुभएको छ । आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै वित्तीय संकटको परिस्थिति सिर्जना भएको एमालेको आरोप छ ।

लामो तयारीपछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको महासचिव पोखरेलको तर्क छ । सरकारको गलत निर्णयका कारण विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);