प्रहरीलाई अतिरिक्त शक्ति दिएको भन्दै बेलायतमा नयाँ अपराध कानुनको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रहरीलाई अतिरिक्त शक्ति दिएको भन्दै बेलायतमा नयाँ अपराध कानुनको विरोध

एजेन्सी, २२ चैत । बेलायतमा ल्याइएको नयाँ अपराध कानुनको विरोध भएको छ । प्रस्तावित विधेयकले प्रहरीलाई प्रदर्शन रोक्न, घटाउन, प्रदर्शनको समय बाधन र आवाजको सीमा तोक्न थप अधिकार प्रदान गर्ने भन्दै यसको विरोध भएको हो ।

नयाँ कानुनको विरोधमा बेलायतमा ठूलो संख्यामा प्रदर्शनकारीहरु सडक निस्किएका छन् । विधेयकको बलमा प्रहरीले आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि दमन गर्न सक्ने र यसले जनप्रदर्शनलाई हतोत्साही गर्ने भएकाले यसको विरोध भएको बताइएको छ ।

गत महिना संसदमा यो विधेयक पेश भएसँगै यसको विरोध सुरु भएको थियो । विधेयकमाथि निरन्तर विरोध भएको भन्दै बेलायती प्रधानमन्त्री बोरीस जोनसनले असन्तुष्टि जनाउनुभएको छ । प्रदर्शनकारीले यो विधेयक पास हुन नहुने भन्दै ‘किल द बिल’ अभियान नै संचालन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);