सात करोडमा बनेको पुल भारतीयको अवरोधले सञ्चालनमा आएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

सात करोडमा बनेको पुल भारतीयको अवरोधले सञ्चालनमा आएन

bute-khola

पर्सा, २२ बैशाख ।  ठोरीस्थित ठुटे खोलाको पुल ‘सेल्पी स्पट’ मा सीमित छ । सात करोड रुपैयाँ लागतमा बनेको पुल भारतीय अवरोधका कारण सञ्चालन हुन पाएको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा क्रान्ति शाहले लेखेका छन् ।

सवारीसाधन गुड्न नपाए पनि पुलमा आन्तरिक एवम् भारतीय पर्यटक सेल्फी र फोटो खिचेर रमाउने गरेका छन् ।

वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने पुलले ठोरी गाउँपालिका २ र ३ लाई जोड्छ । यहाँ दैनिक पर्यटकको भीड हुन्छ । यो पुल पर्यटकका लागि सेल्फी लिने स्थल बनेको स्थानीय अम्बिका लामिछानेले बताइन् ।