भारतमा माओवादीको आक्रमणमा परी १६ जना सुरक्षाकर्मीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

भारतमा माओवादीको आक्रमणमा परी १६ जना सुरक्षाकर्मीको मृत्यु

india hamala

काठमाडौं, १९ बैशाख । भारतको महाराष्ट्रमा माओवादीको आक्रमणमा परी १६ जना सुरक्षाकर्मी मारिएका छन् ।

माओवादी लडाकुले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराउँदा उनीहरु मारिएका हुन् । बुधबार दिउँसो पौने १ बजे सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ । घटनामा अरु १० जना घाइते भएका छन् । माओवादी लडाकुले आईईडी बिस्फोट गराएको जनाइएको छ । बिस्फोटपछि सुरक्षाकर्मी र माओवादी लडाकुबीच गोली हानाहान भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।