सेल्फी लिँदा तीनको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सेल्फी लिँदा तीनको मृत्यु

selfie

काठमाडौं, १९ बैशाख । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले कुल्चिएको छ। भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानले देखाएका छन्।

प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ। प्रत्यक्षदर्शी एमएस डबासले चारैजना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरूमध्ये तीनजनालाई कुल्चिएको जानकारी दिए। ती युवा एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन पानीपत आइपुगेका थिए।

मृत्यु भएकामध्ये दुईजना १९ वर्षका र एक जना १८ वर्षका थिए। गत वर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ।

सेल्फी लिनेक्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);