नेपाल-भारत सीमा क्षेत्र ४८ घण्टा लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नेपाल-भारत सीमा क्षेत्र ४८ घण्टा लागि बन्द

birgunj-border-point

काठमाडौं, ४ बैशाख । भारतमा यही बैशाख पाँच गते अर्थात् अप्रिल १८ मा हुने लोकसभा निर्वाचनका लागि नेपालसँग जोडिएको सीमा क्षेत्र मगंलबार साँझ छ बजेबाट बन्द गरिएको छ ।

नेपालको पूर्वी नाका काँकरभिट्टामा मगंलबार साँझबाट पूर्ण रुपमा चहलपचल घटेको थियो । भारततर्फ ६ बजेसँगै प्रवेश गर्न बन्द गराएको थियो । भारततर्फ बन्द गरेपछि पूर्वी नाकाबाट भारततर्फ जानेहरुलाई समेत सचेत गराइएको थियो । भारततर्फ भोट हाल्न जानेहरुका लागि परिचय पत्र र बिरामी बाहेक अन्य सवारी साधन पूर्ण रुपमा बन्द गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । दार्जिलिङ र किशनगञ्ज जिल्ला झापासँग जोडिएकोले काँकडभिट्टा, भद्रपुर, डिगलबैंक लगायतका सीमा बैशाख ५ गते बेलुका ६ बजेसम्म बन्द गरिएको हो ।

भारतीय प्रहरीको पत्रचार बमोजिम ४८ घण्टाका लागि सीमा बन्द गरिएको हो । नेपाल भारत जोड्ने सीमा कुनै पनि देशमा चुनाव हुनु अगाडि नै दुबै देशको सुरक्षाकर्मीको सहकार्यमा सीमा बन्द हुंदै आएको छ । बैशाख ५ गते पश्चिम बंगलाको दार्जलिङ, जलपाइगुढी, रायगञ्ज र बिहारको किशनगञ्ज, कटिहार, पूर्णिया, भागलपुर र बांका गरी भारतका विभिन्न राज्यमा ९७ सिटका लागि लोकसभा निर्वाचन हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);