काठमाडौं, २९ चैत । आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनायो । नेपालको पारीमा कप्तान रोहित कुमार पौडेल सतक बनाउनबाट मात्र ५ रनले चुक्न पुगे ।
जवाफमा सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भयो । नौ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले २९ रन बनाउदा चार विकेट खेर फालेको थियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके ।




