देश समृद्धिको अभियानमा अघि बढेको प्रधानमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

देश समृद्धिको अभियानमा अघि बढेको प्रधानमन्त्रीको दाबी

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देश सामाजिक न्याय सहितको समृद्धिको अभियानमा लागेको बताएका छन् । शनिवार राजधानीमा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको गीत एल्बम विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् ।

उनले नेपालमा अहिले राजनीतिक परिवर्तन भएपनि आर्थिक क्षेत्रमा परिवर्तन हुन नसकेको भन्दै सरकार समग्र विकासका लागि कटिवद्ध भएर लागेको बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपाका बरिष्ठ नेता झलनाथ खनालले अहिले देशमा तीनै वटा तहमा नेकपाको वलियो उपस्थिती रहेको भन्दै यसै वेला आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा नेता खनालद्धारा रचित गीती एल्बम परिवर्तनका स्वरहरु भाग–२ लोकापर्ण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);