नेपाली कांग्रेसकी नेतृ साह नेकपामा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

नेपाली कांग्रेसकी नेतृ साह नेकपामा प्रवेश

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसकी नेतृ कौसर साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहलाई पार्टी प्रवेश गराउनुभएको हो ।

साह दोस्रो संविधान सभामा नेपाली कांग्रेसको तर्फबाट संविधान सभा सदस्य रहनुभएको थियो । नेपाली कांग्रेसको राजनीतिक विचार र संगठनात्मक कार्यशैली प्रति असन्तुष्टि जनाउँदै साह नेकपा प्रवेश गर्नुभएको हो ।

कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षागर्ने, सुदृढ गर्ने, फुलाउने फलाउने र देशलाई आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर अगाडि बढाउने क्रममा विभिन्न चुनौति र समस्या आएपनि त्यसलाई सामना गर्ने क्षमता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग मात्रै रहेको बताउनुभयो । उहाँले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा रहेको बताउनुभयो । 

नेकपाका वरिष्ठ नेता भाधवकुमार नेपालले जनताको मुक्तिका लागि, राष्ट्रको स्वाभिमान माथि उठाई जनतालाई सुख र समृद्धि दिने अभियानमा कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको भन्दै साहलाई स्वागत गर्नुभयो । वरिष्ठ नेता नेपालले समाजमा रहेका सबै विकृति, विसंगति, भेदभाव, अन्याय अत्याचार र थिचोमिचोलाई समाप्त पार्न सक्ने खुबी नेकपामा मात्रै रहेको बताउनुभयो । 

संविधान सभा सदस्य एवं कांग्रेस नेतृ साहसँगै युवा बुद्धिजिवि राजनकुमार झा लगायत १ सय ९ जना नेकपामा प्रवेश गरेका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);