प्रदेश सरकार अधिकार विहीन हुँदा विकासले गति लिन सकेन : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

प्रदेश सरकार अधिकार विहीन हुँदा विकासले गति लिन सकेन : मन्त्री यादव

पाेखरा, ९ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश सरकार अधिकार विहीन हुँदा देशमा विकासले गति लिन नसकेको बताएका छन् । संघीय प्रेस फोरम कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले देशको समग्र विकाशका लागि संघीय सरकारले प्रदेशलाई अधिकार नदिएको बताए ।

उनले मुलुक एकात्मकतावाट संघीयतामा जाने व्यवस्था भएर पनि संघीयतामा हुनु पर्ने गुणहरुलाई आत्मसाथ गर्न नसक्दा प्रदेश सरकार अधिकार विहिन भएको बताए ।

मुलुकको संविधान संशोधन गर्ने सहमतिमा आफुहरु सरकारमा सहभागी भएको वताउँदै मन्त्री यादवले संविधान सशोधनको विषयमा सरकारसँग छलफल भइरहेको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);