एजेन्सी, ९ चैत । चिनियाँ राष्ट्रपति सी जिनपिङ युरोप भ्रमणका क्रममा इटाली पुगेका छन् । इटालीको राजकीय भ्रमणकाक्रममा उनी श्रीमती पेङ लियुयानसहित रोम पुगेका हुन् ।
चिनियाँ राष्ट्रपति १० वर्षपछि पहिलोपटक युरोप भ्रमणमा निस्किएका हुन् । इटाली पुग्नेबित्तिकै लिखित मन्तव्य दिँदै राष्ट्रपति सीले चीन र इटालीबीचको सम्बन्ध समयको आवश्यकताअनुसार अगाडि बढेको बताए ।
आपसी सम्मान, विश्वास र फाइदाका आधारमा चीन र इटालीबीच मित्र र साझेदारीको सम्बन्ध रहेको र यसले उदाहरण प्रस्तुत् गरेको उनको भनाइ थियो । राष्ट्रपति सी मोनाको र फ्रान्सको पनि भ्रमणमा जाने कार्यक्रम रहेको छ ।




