घानामा दुई वटा बस एक आपसमा ठोक्किँदा ६० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

घानामा दुई वटा बस एक आपसमा ठोक्किँदा ६० को मृत्यु

ghana bus collision

एजेन्सी, ९ चैत । अफ्रिकी मुलुक घानामा दुई वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । घानाका प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बताएका छन् ।

राजधानी आक्रादेखि ४३० किलोमिटर टाढा पर्ने किटाम्पो शहरमा बस ठोक्किएका हुन् । सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिएका छन् ।

दुवै बसमा ५० र ५० जनाभन्दा बढी यात्रु रहेकोमा एकआपसमा ठोक्किएका बसमध्ये एउटामा आगलागीसमेत भएको थियो । कतिपय यात्रुको बसभित्रै जलेर मृत्यु भएको थियो । दुर्घटनामा घाइते २८ जनाको उपचार भइरहेको र ७ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);