सिरियामा इस्लामिक स्टेटका आधार क्षेत्र ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिरियामा इस्लामिक स्टेटका आधार क्षेत्र ध्वस्त

एजेन्सी, ९ चैत । अमेरिकाको समर्थनमा रहेको सैनिक संगठन सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले सिरियामा इस्लामिक स्टेटले आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको दावी गरेको छ । एसडीएफले बताए जस्तो भएमा आइएसले इस्लामिक परम्परामा आधारित शासन व्यवस्थाको अन्त्य हुनेछ ।

सिरियन डेमोक्रेटिक फोर्सेसका प्रवक्ताले विज्ञप्ती मार्फत आइएस सत प्रतिशत पराजित भएको घोषणा गरेका छन् । जिहादी समूहले कुनै बेला सिरिया र इराकको गरी ८८ हजार वर्ग किलोमिटर भूभाग नियन्त्रणमा राखेको थियो ।

उक्त हार हुँदा हुँदै पनि क्षेत्रीय स्तर र विश्वभरि नै हमलाहरू बढाउन सक्ने क्षमताका कारणले उक्त समूहलाई एउटा ठूलो खतराको रूपमा अझै हेरिएको छ । कुर्द नेतृत्वको एसडीएफ गठबन्धनले पूर्वी सिरियाको बागुज गाउँमा लुकेर बसेका लडाकुहरूलाई हमला गर्दै आईएसविरुद्ध मार्च महिनाको शुरूमा अन्तिम हमला थालेको थियो ।

उक्त क्षेत्रमा धेरै संख्यामा सर्वसाधारण पनि भवन, सुरुङ र टेन्टहरूमा रहेको कुरा बाहिर आएपछि गठबन्धन आफ्ना कारबाहीहरू मत्थर पार्न बाध्य भएको थियो । तीमध्ये हजारौँ विदेशी नागरिक, महिला र बालबालिकाहरू लडाइँ र चरम अभावका कारण एसडीएफले विस्थापितहरूका लागि सञ्चालन गरेको शिविरहरूमा सरेका थिए ।

थुप्रै आईएस लडाकुहरूले पनि उक्त क्षेत्र छोडेका थिए तर जो बाँकी रहेका थिए उनीहरूले आत्मघाती बम हमलाकारी र कार बमहरू परिचालन गरेर उग्र प्रतिरोध जारी नै राखेका थिए । एसडीएफ सञ्चार प्रमुख मुस्तफा बालीले ट्वीट गर्दै यो अनुपम दिनमा आफुहरुले यो जित सम्भव पार्न प्रयास गर्ने हजारौँ शहिदहरूलाई श्रद्धाञ्जलि दिन चाहेको बताएका छन् ।

आफ्नो जित मनाउन बगुजमा एसडीएफका लडाकुहरूले पहेँलो झण्डा फहराएर खुसियाली मनाएका छन् । सन् २००३ मा अमेरिकी नेतृत्वले इराकमा गरेको आक्रमणपछि इराकमा अलकायदाबाट छुट्टिएर आईएस बनेको थियो ।

त्यसपछि सन् २०११ मा सिरियाका राष्ट्रपति बशर अल असदविरुद्धको विद्रोही समूहसँग संलग्न भएको थियो । सन् २०१४ सम्ममा उसले दुवै देशको ठूलो भूभाग कब्जा गरी आइएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था “क्यालिफेट“ को घोषणा गरेको थियो ।

आईएसविरुद्धको अभियानमा बगुज उनीहरूको हातबाट फुत्किनु एउटा महत्त्वपूर्ण क्षण मानिएको छ । तर एसडीएफले बताए जस्तो आइएस सिरियावाट पुरै निमिट्यान्स भै नसकेको विश्लेषकहरुले बताएका छन् ।

सिरियामा रहेका आइएस लडाकुहरु आफ्नो आधार क्षेत्र पुननिर्माण गर्ने प्रयासमा ती इलाकामा फेरि फर्किनसक्ने बताइएको छ । बगुजमा हार सन्निकट भए पनि आईएसले आफ्ना प्रवक्ता अबु हसन अल मुहाजिरको आवाज भएको भनिएको एउटा अडिओ रेकर्डिङ सार्वजनिक गरेको छ । उक्त अडिओमा क्यालिफेट अन्त्य नभएको दावी गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);