१२ बर्षपछि ताप्लेजुङमा अर्को भयानक हवाई दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

१२ बर्षपछि ताप्लेजुङमा अर्को भयानक हवाई दुर्घटना

rabindra-adhikari_heli_accident other 7

काठमाडाैं, १६ फागुन । १२ बर्षपछि ताप्लेजुङमा अर्को भयानक हवाई दुर्घटना भएको छ । विसं २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भयानक हवाई दुर्घटना भएको थियो । सो दुर्घटनामा परी तत्कालिन बनमन्त्री गोपाल राइ, उनकी श्रीमती मीना राई देखि प्रख्यात योजनाविद डा.हर्क गुरुङ सहित २४ जनाको मृत्यु भएको थियो । समय यस्तै थियो । वाक्लो हुस्सु, बादल र कुहिरो अनि सिमसिम पानी ।

घुन्सा दुर्घटना भएको अहिले ठयाक्कै १२ बर्ष भएको छ । सोही दुर्घटनाको झल्को दिने गरी बुधवार ताप्लेजुङमा भयानक हवाइ दुर्घटना भयो । सो दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रख्यात पर्यटन व्यावसायी आङछिरिङ शेर्पा सहित ७ जनाको मृत्यु भएको छ ।

१२ बर्ष अघिको मौसमकाे अवस्था जस्तो थियो अहिलेको अवस्था पनि उस्तै थियो । ताप्लेजुङ जानु अघि पर्यटन मन्त्री सहितको टोली तेह्रथुम पुगेको थियो । मन्त्री अधिकारी र पाइलट सहित ७ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि त्यहाँ गएको थियो ।

१२ बर्ष अघि पनि यस्तै भएको थियो । नाम चलेका संरक्षणविद देखि योजनाविदसम्म ताप्लेजुङ पुगेर दुनियाँमा नै पहिलो पटक वन जंगलको संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय समुहलाई हस्तान्तरण गर्न वनमन्त्री सहितको टोली ताप्लेजुङ पुगेको थियो ।

सोही कार्यक्रम सम्पन्न गरेर फर्कदा घुन्साको फलेस्थित धुन्चे पहाडमा श्री एयरलाइयन्सको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो ।

यी दुवै दुर्घटनामा पाइलटले मौसम खराव भएको र हेलिकोप्टर उड्न कठिन हुने कुरा मन्त्रीलाई अवगत गराएको देखिन्छ । १२ बर्ष अघि पनि घुन्सामा पाइलटले मौसम खराव भएकोले यस्तो बेलामा उड्नु ठिक होइन भन्दा मन्त्री गोपाल राइको जोडबलमा हेलिकोप्टर उडेको थियो ।

यसपटक पाथिभराबाट हेलिकोप्टर उड्दा पनि पाइलटले मौसम खराव रहेको कुरा त्रिभुवन विमानस्थलमा जानकारी गराएका थिए । यस हेलिकोप्टरमा एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा र मन्त्री अधिकारी सहित उच्चपदस्थ व्यक्ति सवार थिए ।

१२ वर्ष अघि हेलीकोप्टर दुर्घटना लगत्तै पाटन पुनरावेदन अदालतका मुख्य न्यायाधीश जनकेशरीराज पण्डितको नेतृत्वमा छानवीन समिति गठन भएको थियो । उक्त समितिले प्राकृतिक अवस्थाले दुर्घटना भएको रिपोर्ट दिएको थियो।

यसपटक पनि सरकारले समिति गठन गरेको छ। सरकारले हेलिकोप्टर दुर्घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वपर्यटनसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा ४ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हाे । आयोगमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाली सेनाका सहायक रथी दीपक बास्तोला र क्याप्टेन प्रमोद लामा सदस्य छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);