ओली सरकारको एक वर्ष : ‘कुरामा नम्बर वान’ तर, ‘काममा भने जिरो’- डा. महत | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

ओली सरकारको एक वर्ष : ‘कुरामा नम्बर वान’ तर, ‘काममा भने जिरो’- डा. महत

काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार पूर्णतः असफल भएको आरोप लगाएका छन् । काँग्रेस सहमहामन्त्री महतले सरकारको एक वर्षे कार्यकाल पूरै असफल भएको उनको ठम्याई छ ।

उनले ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारलाई ‘कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’को संज्ञा दिए । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले सरकारले गलत आर्थिक नीति लिएकाले मुलुकको आर्थिक क्षेत्र संकटमा फसेको, सुशासन दिनुको सट्टा भ्रष्टाचार बढेको, अपरिपक्व परराष्ट्र नीतिका कारण अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रेको आरोप लगाए ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले सरकारकै कारण मुलुकमा स्वदेशी पूँजी समेत पलायन हुने अवस्थामा पुगेको बताए । सरकारले उल्टो बाटो लिएकाले मुलुकमा सुशासन र समृद्धि आउने सम्भावना नरहेको उनको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);