भेनेजुयला प्रकरण वाकयुद्ध: ओलीले बिज्ञप्ति गलत भनेपछि दाहाल आक्रोसित | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

भेनेजुयला प्रकरण वाकयुद्ध: ओलीले बिज्ञप्ति गलत भनेपछि दाहाल आक्रोसित

kp sharma oli

काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र राष्ट्रको राजनीतिक घटनाक्रममा कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले आफूले भेनेजुयला प्रकरणमा वक्तव्य दिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत वक्तव्यबारे असन्तुष्टि जनाईरहेका अध्यक्ष दाहालले यस्तो बताएको हो । बिहीबार भरतपुर विमानस्थलमा संचारकर्मीसंग दाहालले पार्टीको सचिवालय बैठक र परराष्ट्र मन्त्रालयले समेत सोही भावनाको वक्तव्य जारी गरीसकेकाले त्यसमा अरुका व्यक्तिगत कुराले केही अर्थ नराख्ने दावी गरे ।

प्रधानमन्त्री ओलीले बुधबार राति टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ मा दाहालको भेनेजुयलासम्बन्धि वक्तव्यमा ‘अलिअलि चिप्लिएको’ भन्दै असन्तुष्टि जनाएका थिए । जवाफमा अध्यक्ष दाहालले प्रधानमन्त्रीले कुन अर्थमा सो कुरा भन्नु भएको हो आफूलाई थाहा नभएको उल्लेख गरे । उनले भेनेजुयला प्रकरणमा पार्टीको सचिवालय बैठकबाट पनि अमेरिकी हस्तक्षेपको विरोध गर्ने वक्तव्य आईसकेकाले त्यसमा व्यक्तिले के भन्छ भन्ने कुराको कुनै अर्थ नरहने पनि बताए ।

अध्यक्ष दाहालले पार्टी संगठन एकीकरणका सबै काम फागुन पहिलो हप्ता भित्र सम्पन्न भईसक्ने र त्यसपछि पार्टीले देशभर फागुन र चैत्रमा जनअभियान संचालन गर्ने पनि बताए । सरकारले विकास निर्माणको कामलाई छिट्टै तीव्रता दिने विश्वास पनि आफूले लिएको दाहालको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);