स्वरसम्राट् नारायण गोपालको नयाँ संगीतः फेला परेको धुनमा रामकृष्ण ढकालले स्वर दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्वरसम्राट् नारायण गोपालको नयाँ संगीतः फेला परेको धुनमा रामकृष्ण ढकालले स्वर दिने

narayan gopal

काठमाडौं, ११ माघ । ‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायण गोपालको पना चिनाउँछ । स्वरसम्राट् नारायण गोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो रेकर्ड भेटिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

त्यही धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ । केही समयअघि फेला परेको उक्त संगीतमा विष्णुबाबु देवकोटाको शब्द, प्रदीप श्रेष्ठको एरेन्ज (वाद्यसंयोजन) र रामकृष्ण ढकालले स्वर दिनेछन् ।

नारायण गोपालका गीत संगीत र उनका अप्रकाशित सामग्रीको खोजी गर्दै आइरहेका नवराज लामाले उक्त धुन फेला पारेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);