विद्युतीय उर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने सरकारको तयारी : उर्जामन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विद्युतीय उर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने सरकारको तयारी : उर्जामन्त्री

काठमाडौं, ७ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले विद्युतीय उर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

सोमबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्टहरुको सम्मेलनमा बोल्दै मन्त्री पुनले चालू आर्थिक वर्ष भित्र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न हुने र त्यसले मुलुकमा विद्यमान ऊर्जा संकट समाधान गर्ने उल्लेख गरे । उनँले भारतसँग सरकारले गत वर्ष ७ करोड मूल्य बराबरको विद्युत बिक्री गरेको, यस वर्षको हालसम्म १० करोड विद्युत बिक्री गरेको उल्लेख गर्दै त्यो क्रम बढाउँदै लैजाने योजना रहेको बताए ।

मन्त्री पुनले नेपालको समृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरे । त्यसै गरी कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई अनिवार्य रुपमा चार्टर्ड एकाउन्टेन्ट राख्न सचेत गराए ।

उनले बैंक तथा वित्तिय संस्थाहरुलाई पारदर्शी बनाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको नियुक्ती हुनैपर्ने बताए । चार्टर्ड एकाउन्टेन्ट नराख्ने वित्तिय संघ, संस्थाहरु पारदर्शी नहुने गभर्नर नेपालको भनाई छ ।

कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्माले चार्टर्ड एकाउन्टेन्टहरुलाई व्यवसायिक बन्न आग्रह गरे । महालेखा परीक्षक शर्माले दीगो विकास लक्ष्य हासिल हुने गरी लेखा परीक्षणको कामलाई अघि बढाउन पनि चार्टर्ड एकाउन्टेन्टहरुको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);