सोमबार नेप्से सूचक १०.८६ अंकले घटेर ११६८.०६ विन्दुमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सोमबार नेप्से सूचक १०.८६ अंकले घटेर ११६८.०६ विन्दुमा

nepse down

काठमाडौं,  ७ माघ । सोमबार नेप्से सूचक १०.८६ अंकले घटेर ११६८.०६ विन्दुमा आइपुगेको छ । बजार समग्रमा ०.९२% ले ओरालो लागेको हो ।

१६६ कम्पनीको ३६ करोड ७७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १२ लाख ६५ हजार ७८६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कुल ११ वटा समूहको सेयर कारोबार भएकामा फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ६१.६८ अंकले घटेको छ । वाणिज्य बैंक समूहको सूचक पनि ४.६२ अंकले तल झरेको छ ।

कारोबार रकममा माथिल्लो तामाकोशी अग्रस्थानमा छ । यसको १० करोड ९१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंकको संस्थापक सेयर र नागरिक लगानी कोष परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);