नेप्से सूचक १६.०६ अंकले घट्यो  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नेप्से सूचक १६.०६ अंकले घट्यो 

काठमाडौं । सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा आएको छ ।

५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दसैं अघिदेखि नै सकारात्मक बनेको बजार दसैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो । आज २२९ कम्पनीको १७ लाख ६८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

ट्रेडिङ, होटल र लगानी समूहका सूचकहरुमा सुधार भएको छ भने बाँकी समूहका सूचक घटेका छन् । ३ करोड १० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्याेरेन्स र हिमालयन पावर पार्टनर परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);