काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई समृद्धि बनाउन सत्तापक्ष र विपक्षी एक भएर अगाडी बढ्ने सहमति भएको दावी गरेका छन् ।
चितवनमा मंगलबार भुकम्प पछिको पूननिर्माण सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय मुद्दामा सत्ता पक्ष र विपक्षी मिलेर जाने सहमति भएको दावी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र आफुहरुबीचमा बैठक बसी यस्तो सहमति गरिएको समेत प्रस्ट पारे ।
अध्यक्ष दाहालले भुकम्पपछिको पुनर्निर्माणमा विगतका कमी कमजोरीलाई नकेलाई अगामी दिनमा हातेमालो गरेर अगाडी पढ्नुपर्ने बताए ।




