काठमाडौं, २४ पुस । लिभरपुल एफए कप फुटबलको तेस्रो चरणबाट बाहिरिएको छ ।
सोमबार राति भएको खेलमा कमजोर मानिएको वोल्भ्ससँग लिभरपुलले खराब प्रदर्शन गर्दै २ – १ गोलअन्तरले पराजित भयको हो । लिभरपुल तेस्रो चरणबाट बाहिरिदा वोल्भ्स भने चौथो चरणमा प्रवेश गरेको छ । वोल्भ्सको जितमा राउल जिमेनेज र रुबेन नेभेसले गोल गरेका हुन् । लिभरपुलका लागि डिभोक ओरिगीले गोल गरेका थिए ।
खेलको ३८औं मिनेटमा जिमेनेजले गोल गर्दै वोल्भ्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको वोल्भ्सले दोस्रो हाफमा एक गोल गर्न सफल भयो । खेलको ५१औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई १ – १ गोलको बराबरीमा र्पुयाएका थिए । तर त्यसको चार मिनेटपछि नै वोल्भ्सले अर्को गोल थपेर जित हात पारेको हो ।