समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

umesh shrestha

काठमाडौं, १७ पुस । सांसदहरुले देशको समसामयिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले आ आफ्नो क्षेत्रका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले राष्ट्रिय शिक्षा आयोगले नीजी विद्यालयले शिक्षामा गरेको योगदानलाई नजरअन्दाज गर्दै ७ बर्ष भित्र नीजी विद्यालयलाई सार्वजनिकरण गर्ने र सार्वजनिकट्रष्टमा लैजाने भन्ने ढंगले प्रतिवेदन तयार पारेको भन्दै आपत्ती जनाए ।

त्यसै गरी सांसद गजेन्द्र महतले संचार माध्यमले योजनावद्ध ढंगले संसदको मर्यादा माथि प्रहार गर्ने काम गरेको आरोप लगाए । बैठकमा सांसद बिमला बिकले साना चिया किसानलाई समेट्ने गरि बैज्ञानिक चिया नीति बनाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराईन् ।

बिशेष समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);