भारतका धर्मगुरु रामरहीमले यौन शोषण गरेको प्रमाणित, २० वर्ष जेल, ३० लाख जरिवना | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

काठमाडौँ, १३ भदौ । भारतका विवादास्पद धर्मगुरु गुरमीत रामरहीम सिंहलाई अदालतले २० वर्षको जेल सजाय सुनाएको छ। हरियाणाको विशेष अदालतले दुईवटा छुट्टाछुट्टै यौन शोषणको मुद्दामा दोषी पाइएपछि सिंहलाई जेल सजाय सुनाएको हो।

 

यसअघि एउटा मात्र यौन शोषणको मुद्दामा उनलाई १० वर्ष मात्र जेल सजाय सुनाइएको थियो। यससँगै अदालतले दुवै बलात्कारको मुद्दामा १५/१५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला पनि गरेको छ । रामरहिमका वकिलले सर्वोच्च अदातलमा पुनरावेदन गर्ने जनाएका छन्।

 

सिंहमाथि हत्याको पनि आरोप छ। त्यसमा भने फैसला भइसकेको छैन। हरियाणास्थित धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुख समेत रहेका सिंहमाथि हत्या र बलात्कारका अलावा जवर्जस्ती परिवार नियोजन गराएकोसमेत आरोप लागेको थियो। उनलाई अदालतले दोषी ठहर गरेपछि भड्किएको हिंसामा अहिलेसम्म ३८ जनाको ज्यान गएको छ भने २ सय जनाभन्दा धेरै घाइते भएका छन्।

ताजा समाचार