काठमाडौं, २० मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले साउथह्याम्पटनलाई पराजित गरेको छ ।
बिहिवार बिहान भएको खेलमा आफ्नै घरेलु मैदानमा टोटनह्यामले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केन, लुकास मौरा र सोन हेउङ मिनले गोल गरे । साउथह्याम्पटनका लागि भने चार्ली औष्टिनले गोल गरेका थिए ।
खेलको नवौं मिनेटमा नै केनले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको टोटनह्यामले दोस्रो हाफमा थप दुई गोल गर्यो ।खेलको ५१औं मिनेटमा लुका र खेलको ५५औं मिनेटमा हेउङ मिनले गोल गर्दै टोटनह्यामलाई ३–० गोलको अग्रता दिलाएका थिए ।
तर अन्तिम समयमा साउथह्याम्पटनका चार्लीले गोल गर्दै ३–१ गोलको स्थितिमा पु¥याएका थिए । जितसँगै टोटनह्यामले १५ खेलबाट ३३ अंक बनाएको छ ।