दलहरूकै कारण संसदले कानून बनाउन सकेन,सन्तोष परियार | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

दलहरूकै कारण संसदले कानून बनाउन सकेन,सन्तोष परियार

२०८१,१०,२३

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसदमा कानून बनाउन राजनीतिक दलहरु गम्भीर नभएको आरोप लगाएका छन्। बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा सांसदसमेत रहेका प्रमुख सचेतक परियारले राजनीतिक दलहरु गम्भीर नहुँदा संसदले कानून बनाउन नसकेको आरोप लगाएका हुन्।

राजनीतिक पार्टीहरुले कानून निर्माणलाई गम्भीरताका साथ लिए संसदले कानून बनाउन ढिलाई नगर्ने उनको विश्वास छ। उनले संसद राजनीतिक दलहरुका कारण खण्डित भइरहेको उल्लेख गर्दै राजनीतिक दलहरु यसमा गम्भीर हुन जरुरी रहेको बताए। विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको उनको भनाइ छ।

 

Leave a Reply

ताजा समाचार