संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार छः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार छः रवि लामिछाने

काठमाडौं, १६ कार्तिक ||
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद ठूला भनिएका तीन दलहरु बाहेकका लागि अनुदार रहेको आरोप लगाउनुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला भनेका दलको सिण्डिकेट संसदमा लादिने काम भएको बताउनु भयो । उहाँले संसदमा दर्ता भएका संकल्प प्रश्तावहरुको छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति संसदको ध्यानाकर्षण गराउनु भयो । उहाँले नागरिक र सरोकारवालको सुझाव नलिइ कानून बनाउने प्रवृत्तिका कारण कानूनहरु राम्रो बन्न नसकेको दाबी गर्नुभयो । उहाँले संसदले सत्ता पक्षको बहुमतको बलमा कानून बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहीत गरेको आरोप लगाउनु भयो । सभापति लामिछानेले विदेश भ्रमणले देशको यज्ज्त बढेपनि अर्थतन्त्र चलायमान बन्न नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);