८४ सालको निर्वाचनमा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने रास्वपा सभापति रवि लामिछाने दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

८४ सालको निर्वाचनमा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने रास्वपा सभापति रवि लामिछाने दाबी

काठमाण्डौ, ११ कार्तिक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ सालको आम निर्वाचनमा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने दाबी गर्नु भएको छ ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले अबको आम निर्वाचनमा रास्वपा विजयी हुने दाबी गर्नुभएको हो । उहाँले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा समेत प्ुराना दलहरु नचेतेको उल्लेख गर्नुृ भयो ।

राजनीतिक दलहरुले जनताको विश्वास गुमाइसकेको अहिले नै स्पष्ट भइसकेको भन्दै उहाँले ८४ सालसम्मका यसको परिणम देखिने ठोकुवा गर्नुभयो ।

दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर दलहरुले नयाँ दल र जनतालाई के गर्नसक्छौँ गर भन्ने चुनौति दिएको तर्क गर्नुभयो ।
सभापति लामिछानेले नेपालीहरुको सुनौलो भविष्य भन्ने दल र नेताहरुले आफ्ना र आफान्तका लागि सुनैसुनको महल खडा गरेको आरोप लगाउनु भयो । ०००

Leave a Reply

ताजा समाचार