सडक दुर्घटना कम गर्न छुट्टै नियमनकारी निकाय आवश्यक : सांसद भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सडक दुर्घटना कम गर्न छुट्टै नियमनकारी निकाय आवश्यक : सांसद भट्टराई

काठमाडौं, १६ कात्तिक । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सडक दुर्घटना निरन्तर बढीरहेको भन्दै सडक दुर्घटना नियन्त्रणका लागि नियमनकारी निकाय आवश्यक रहेकाले सडक सुरक्षा परिषद् निर्माण गर्न माग गरेकी छिन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले असुरक्षित सडक, सवारी साधनको गुणस्तर मापनमा कमजोरी र चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको बताइन् ।

उनले भनिन् ‘असुरक्षित, मापदण्ड विहिन सडक, सवारी साधनको गुणस्तर मापनमा कमजोरी, चालकका लापरबाहीका कारण दुर्घटना नागरिक जिवनको क्षतिको एक नियती बनेको छ । सडक दुर्घटनालाई कम गर्नका लागि छुट्टै नियमनकारी निकाय आवश्यक भएकोले सडक सुरक्षा परिषद् निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछु ।’

प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले आरती शाहको न्यायको निम्ति सरकारको ध्यानाकर्षण गराइन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);