आरती साहको मृत्युुबारे छानविन समिति गठन गर्न सुमना श्रेष्ठको माग | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

आरती साहको मृत्युुबारे छानविन समिति गठन गर्न सुमना श्रेष्ठको माग

काठमाडौं, १६ कात्तिक । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले मुक्त कमैया अहिलेपनि भूमि र आवासविहिन भइरहेका भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभा सदस्य सुशिला थिङले आरती साहको न्यायको निम्ति माईतीघर मण्डलामा अनशनरत व्यक्तिहरुलाई प्रहरीले दमन गरेको भन्दै यस घटनाप्रति छानविन गर्न समिति गठन गर्न माग गरिन् ।

त्यसैगरी, प्रतिनिधि सभा सदस्य बिजुला रायमाझिले दुग्ध किसानहरुको करिव ७ अर्ब रुपैयाँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गरे ।

बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य रायमाझिले दुग्ध किसानहरुले सरकारी निकाय र निजी डेरीहरुबाट करिब ७ अर्ब रुपैयाँ नपाएका भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका हुन् । उनले दुध, दुग्धजन्य पदार्थमा नेपाल आत्मनिर्भर भएको भन्दै यसको आयातलाई रोक्न पनि माग गर्नुभयो । उहाँले उखु किसानको बक्यौता रकम पनि भुक्तानी गर्न सरकारसँग आग्रह गरे ।

उनले भने– ‘नेपालमा उत्पादन हुने दुध, दुधजन्य पदार्थ र नेपालमा आत्मनिर्भर हुँदाहुँदै भारतीय आयातलाई रोक्न र नेपाली उत्पादनको मर्म बुझिदिन जोडदार माग गर्दछु । उत्पादित दुधमध्ये ३ लाख लिटर बजारमा खपत हुन सकेको छैन । करिव ७ अर्ब बक्यौता रकम किसानले पाएका छैनन् । अविलम्ब भुक्तानी गरियोस् । नेपाली किसानले उत्पादन गरेको दुध, माछा, तरकारी लगायतका उत्पादनको उचित मुल्य पाउने वातावरणका लागि खुला सिमामा प्रभावकारी अनुगमन बढाइयोस् । उखु किसानको बक्यौता रकम तुरुन्त भुक्तानी होस् । धानको समर्थन मुल्य तोकिएकोले धान खरिद प्रक्रिया अगाडी बढाइयोस् ।’

Leave a Reply

ताजा समाचार