प्रतिनिधि सभा बैठकको शुन्य समयमा के के भने सांसदहरुले ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रतिनिधि सभा बैठकको शुन्य समयमा के के भने सांसदहरुले ?

pratinidhi sava

काठमाडौं, १८ असोज ||

प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले प्रतिनिधि सभा बैठक बिजनेस बिहिन भएर चलिरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य गैरेले प्रतिनिधि सभा बैठक बिजनेस बिहिन भएर चलिरहेको भन्दै यसप्रति प्रश्न गर्नुभयो । उहाँले बैठकमा बिजनेश नहुनुका साथै कुनै सन्दर्भ समेत नभएको बताउनु भयो । उहाँले वन्यजन्तुले मानिसलाई दुःख दिइरहेको उल्लेख गर्दै वन्यजन्तु नियन्त्रण र व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले नेपालमा धार्मिक तथा सांस्कृतिक सद्भाव भत्काउने कार्य भइरहेको बताउनु भयो । उहाँले नेपालमाथि विनाशकारी षड्यन्त्रको कालो बादल मडारिएको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएर जनता उचाल्नेको बिगबिगी भएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य दुर्गा राईले पूर्व प्रधानमन्त्रीहरु प्रतिनिधि सभा बैठकमा बोल्दा समय निर्धारण गर्नुपर्ने बताउनु भयो । उहाँले सदनको सार्वभौमिकता र गरिमामय बनाउन पनि पूर्व प्रधानमन्त्रीहरु बोल्दा समय निर्धारण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रतिनिधि सभा सदस्य नागिना यादवले मिटरब्याज सम्बन्धी अध्ययन गर्न गठित आयोगको कामको सरकारले नियमन नगरेको बताउनु भयो । उहाँले आयोगले गरिरहेको कामको नियमन गर्नुपर्ने बताउनु भयो । उहाँले सो आयोग एकतर्फी रुपमा गठन भएको भन्दै आयोगलाई सर्वदलिय बनाउनुपर्ने धारणा पनि राख्नुभयो ।

प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले देशभरका अलपत्र सडकहरु चाडपर्वलाई मध्यनजर गर्दै एक हप्ताभित्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन पनि पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले खुला विश्वविद्यालयको कानून संकायमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ताको परीक्षामा सामेल हुन नदिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले उनीहरुलाई अब हुने अधिवक्ता परीक्षामा बिना शर्त सामेल गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य निशा डाँगीले लैंगिक पहिचानको आधारमा नागरिकता प्राप्त गर्न सकिने संवैधानिक प्रावधान भएपनि सो प्रावधान अनुसार नागरिकता वितरण हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाहले असोज १६ गते बझाङमा आएको भुकम्पले ठुलो क्षति पुगेको भन्दै भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा जोड दिन सरकारसँग आग्रह गर्नुभयो । उाहँले घाइतेहरुको उपचार गर्न पनि सरकार सँग आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य प्रतिक्षा तिवारीले बजारमा कालोबजारी भइरहेको भन्दै अनुगमन र निरिक्षण गर्न सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले खाद्यान्नको मूल्य आकाशिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले कालोबजारी गर्नेलाई कारबाही गर्न माग गर्नुभयो । नागरिकको सरकारप्रतिको भरोसा र लोकप्रियता बढ्न नसकेको बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य विन्द्यवासिनी कंशाकारले नेपालमा जलन उपचार कोषको स्थापना गर्न माग गर्नुभयो । त्यस्तै प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले डिडिसी र नीजि डेरीहरुले किसानलाई दुधको पैसा भुक्तानी नगरेको भन्दै दशैँ अगाडी नै किसानहरुलाई दुधको पैसा भुक्तानी गर्न अनुरोध गर्नुभयो ।

त्यसैगरी अन्य प्रतिनिधि सभा सदस्यहरुले पनि शुन्य समयमा बोल्दै आ–आफ्नो क्षेत्रको विकास निर्माणका काम सँग सम्बन्धित समस्याहरुको समाधान गर्न सरकारलाई अनुरोध गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);