अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल शुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल शुरु

काठमाडौं, १८ असोज ||

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल शुरु भएको छ । बिहीवारबाट समितिमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल शुरु भएको हो ।

विधेयकमा हाल विद्यमान अभिलेखहरुको संरक्षण सम्बन्धमा समसामयिक र प्राविधिक विषयमा सुधार गर्नको लागि अभिलेखकको परिभाषालाई समय सापेक्ष रुपमा संशोधन गर्न आवश्यक रहेकाले संशोधन गर्नुपरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले बताउनु भयो । उहाँले कम्प्युटर, क्यासेट लगायतका डिजिटल, विद्युतीय रेकर्ड संरक्षण कार्यालय लगायतका शब्दलाई परिभाषित गर्नुपर्ने र यो विधेयक सम्बन्धी ऐनलाई संशोधन गर्दा नेपाल सरकारले थप आर्थिक दायित्व नपर्ने, २०४६ सालमा यो डिजिटाइड अवस्थामा प्रवेश नगरेको र हामी मेनुअल्ली र प्रिन्टरम्याटरहरु राख्ने मात्रै अवस्था भएको अवस्थामा बनेको ऐन भएकाले संशोधन गर्नुपरेको बताउनु भयो ।

सचिव सुवेदीले अर्काइभको सिस्टम नराख्दा खोजिएका समयमा राष्ट्रिय महत्वका महत्वपूर्ण दस्ताबेज समयमा प्राप्त नहुने कारणले कहिले काहीँ हामीले राष्ट्रिय गौरवका र अन्यमा निर्णय गर्दा पनि अफ्ठ्यारो परेकाले संशोधन प्रश्ताव गरिएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);