सरकारको कारण संसदको काम, कारबाही प्रभावकारी हुन सकेनः सांसद पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

सरकारको कारण संसदको काम, कारबाही प्रभावकारी हुन सकेनः सांसद पौडेल

काठमाडौं, १६ कार्तिक ||
नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको काम, कारबाहीका कारण संसदको भुमिका प्रभावकारी हुन नसकेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सरकारले संसदको भुमिकालाई प्रभावकारी बनाउन नदिएको बताउनुभएको हो । उहाँले चालु अधिवेशनमा संसद प्रभावकारी हुन नसक्नुमा सरकारको दृष्टिकोण र गतिविधिहरु जिम्मेवार रहेका बताउनु भयो । उहाँले सरकारमा संसद प्रभावकारी हुने हो कि भन्ने भय देखिएको पनि बताउनु भयो । सांसद पौडेलले संसारभर संसद प्रतिपक्षको हो भन्ने मान्यता रहेको भन्दै प्रतिपक्षको आवाज सरकारले सुन्नुपर्ने बताउनु भयो । उहाँले सरकारले प्रतिपक्षको आवाज नसुनेका कारण प्रतिपक्षले वेल घेर्नुपर्ने अवस्थासम्म आउन पुगेको बताउनु भयो ।
सांसद पौडेलले संसदमा सांसदहरुले उठाएका जनसरोकारका विषय सम्बोधन गर्न सरकारले कुनै कदम नचालेको बताउनु भयो । उहाँले सरकारले सांसदहरुको आवाजको जवाफ दिन आवश्यकता समेत महशुस नगरेको बताउनु भयो । उहाँले सरकारले सांसदहरुको अपमान गरेको बताउनु भयो ।
सांसद पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा बिदा दिए लोकतन्त्रको सवलीकरण नहुने बताउनु भयो । उहाँले सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रश्तावलाई संसदमा ल्याएर पारित गर्न चुनौति समेत दिनुभयो । उहाँले सरकार प्रतिपक्षलाई दोष लगाएर शान्ति प्रक्रिया टुंग्याउन नचाहेको बताउनु भयो । उहाँले वर्तमान सरकारको नेतृत्वमा देश अगाडी बढ्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले वर्तमान सरकारको नेतृत्वमा सुशासन र समृद्धि हासिल हुन सक्दैन भन्ने छर्लङ्ग भएको बताउनु भयो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);