पत्रकार खाशोग्गीको हत्याको रहस्य खुल्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

पत्रकार खाशोग्गीको हत्याको रहस्य खुल्दै

एजेन्सी, २९ कात्तिक । हत्या भएका भनिएका साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको रहस्य सुल्झिएको छैन । तर हत्यासँग जोडिएका नयाँ तथ्यहरु बाहिर आउने क्रम भने जारी छ । टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा पत्रकार खाशोग्गीको हत्या भएको हो ।

पत्रकार जमाल खाशोग्गीको हत्यामा १५ जना साउदी हिटम्यान अर्थात पैसालिएर मानिसको हत्या गर्ने व्यक्तिले खाशोग्गीको हत्या गरेको दाबी गरिएको छ । टर्कीका अधिकारीले हत्यासँग जोडिएको टेप अमेरिका, साउदी अरेबिया, जर्मनी, फ्रान्स, बेलायत, क्यानडासहितका देशलाई उपलब्ध गराएको थियो ।

त्यसबाट शंका साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानमाथि थप बलियो बनेको भन्दै अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले खबर पनि छापेको थियो । पछिल्लो पटक खाशोग्गीको हत्यामा संलग्न व्यक्तिको साथमा रहेका हतियारको विवरण थाहा भएको दाबी गरिएको छ ।

खाशोग्गीको हत्या लगत्तै टर्की छोडेका साउदी ‘हिटम्यान’ सँग सिरिन्ज, इलेक्ट्रो–सक उपकरण, सानो आकारको चक्कु सहितका सामान रहेको बताइएको छ । उनीहरुका लगेजको एक्स–रे को तस्बिरमा यस्ता सामान रहेको देखिएको दाबी गरिएको छ ।

यसले खाशोग्गीको हत्या योजनाबद्ध रुपमा भएको भन्नेमा बल दिने बताइएको छ । साउदी अरेबियाले भने खाशोग्गीको हत्याका बारेमा आफ्नो सत्तालाई कुनै जानकारी नरहेको र हत्या खराब नियत भएका एजेन्टले गरेको बताउँदै आएको छ।

हत्यामा संलग्न व्यक्तिका लगेजमा धेरै सुई, अप्रेशनका लागि प्रयोग गरिने चक्कु, काट्ने औजारहरु, इलेक्ट्रो–सक डिभाइस हुनुले हत्यापछि खाशोग्गीको शरीर नष्ट गर्नका लागि पनि ती सामग्री प्रयोग गरिएको दाबी गरिएको छ ।

हिटम्यानको भनिएका झोलाहरु प्रहरीको नियन्त्रणमा छ, तर कूटनीतिक व्यवस्थाका कारण त्यसलाई खोल्न नपाइएको टर्कीका अधिकारीले बताएका छन् । यसअघि टर्कीका राष्ट्रपति एर्डोगानले साउदी अरेबियाका उच्चस्तरका शासकको निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लगाएका थिए ।

उनले यस बारेमा राजा सलमानलाई जानकारी नरहेको भन्दै आरोपको औँला युवराज मोहम्मद बिन सलमानतिर सोझ्याएका थिए । अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानका तीव्र आलोचक थिए ।

यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन । सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो ।

तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ । टर्कीले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा पसे लगत्तै हत्या भएको बताइरहँदा पनि झण्डै तीन हप्तासम्म साउदी अरेबियाले उनी कन्सुलर कार्यालयबाट बाहिर निस्किएको बताएको थियो ।

पछि आएर मृत्यु, त्यसपछि हत्या भएको स्वीकार गरेको साउदी अरेबियाले घटनाका दोषीलाई कारवाही हुने बताउँदै आएको छ । दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);