नेपाल–भारत सम्बन्ध जुम्ल्याहा भाइजस्तो : यचुरी | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नेपाल–भारत सम्बन्ध जुम्ल्याहा भाइजस्तो : यचुरी

sitaram yachuri

काठमाडौं, १० कात्तिक । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीले नेपाल भारतबीच जुम्ल्याहा भाइको सम्बन्ध रहेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित ‘भारतीय कम्युनिस्ट आन्दोलन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव यचुरीले ‘कोही ठूलो दाइ हुँ भन्ने मानसिकत्ता राख्न नहुने’ बताउँदै भाइभाइको सम्बन्ध रहेकोउल्लेख गरे ।

‘भारत दाइ र नेपाल भाइ भन्ने मान्यता त्याग्नुपर्छ, हामी जुड्वा भाइ हौं,’ यचुरीले भने, ‘दाइ र भाइको मानसिकता त्याग्नुपर्छ, हामी भाइभाइ भएकाले एउटालाई दुःख पर्दा अर्कोलाई अवश्य दुख्छ, अर्को सुखमा हु“दा अर्कोलाई पनि सुख हुन्छ ।’

नेपाल र भारतको बीचमा सहअस्तित्वको सम्बन्ध रहेको बताउँदै उनले यसलाई अझै थप बलियो बनाउनुपर्नेमा जोड दिए । वर्षौंदेखिको नेपाल–भारत सम्बन्ध जनस्तरबाटै अझै थप बलियो बनाउन सकिने उनले विश्वास व्यक्त गरे ।

लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेपालमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार गठन भएबाट विश्वका कम्युनिस्टलाई प्रोत्साहन मिलेको बताए । उनले विश्वका कम्युनिस्टले नेपाली कम्युनिस्टबाट सिक्नुपर्ने जिकिर गरे ।

अन्तरविरोध सही ढंगले बुझेर अघि बढेमा मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्ने अनुभव आफूले लिएको उनले बताए । नेपालका दुई ठूला कम्युनिस्ट पार्टीबीच भएको पार्टी एकतालाई विश्वका कम्युनिस्ट पार्टीले नजिकबाट अध्ययन गरिरहेको उनले उल्लेख गरे ।

यो खबर आजको राजधानी दैनिक मा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);