सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव

mal

तेज बोहराको रिपोर्ट

कैलाली, ७ कात्तिक । गहुँ र तोरी छर्ने समयमा रासायनिक मलको चरम अभाव भएपछि मल नपाउँदा अहिले कैलालीका कृषकहरु समस्यामा परेका छन् । जिल्लामा किसानको माग भन्दा ८० प्रतिशत कम मल आउँदा समस्या परेको हो ।

खेतिपातीको समयमा कैलाली लगायत सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका किसानले समस्या झेल्दै आईरहेका छन् । रासायनिक मलको अभाव भएपछि यसले गहुँको उत्पादनमा समेत उचित प्रतिफल नआउने देखिएको छ ।

रासायनिक मलको आपूर्ति र बिक्री वितरण कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले गर्दै आइरहेका छन् । तर, पनि किसानले भनेअनुसारको मल पाउन सकेका छैनन् । हरेक दिन विहानैदेखि ठूलो आशा बोकेर किसान कृषि सामाग्री केन्द्र पुग्ने गरेपनि भनेजति मल नपाएपछि निराश हुँदै फर्कनु परेको बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);