नयाँ नोट छपाईमा ६२ करोड ८८ लाख खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नयाँ नोट छपाईमा ६२ करोड ८८ लाख खर्च

nepal rastra bank

फूलमाया आले
काठमाडौं, ७ कात्तिक
। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिना अर्थात दशैसम्ममा ११ अर्ब ७४ करोड रुपैया नयाँ नोट सटही गरेको छ । ५,१०, २०, ५० र १ सयको उक्त नोट छपाई खर्च झण्डै ६२ करोड ८८ लाख लागेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैकले गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा १२ अर्ब ३७ करोड रुपैया बराबरको नयाँ नोट सटही गरेको थियो भने चालू आर्थिक वर्षको त्रैमासिक अर्थात दशैसम्ममा ११ अर्ब ७४ करोड रुपैया नोट सटही गरेको राष्ट्र बैकको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैकले ११ अर्ब ७४ करोड रुपैया सटही गरेको नोट मध्य ५, १०, २०, ५० र १ सयको उक्त नोट छपाई खर्च ६२ करोड ८८ लाख लागेको छ ।

एकातर्फ छपाईमै यतिधेरै खर्च भएको छ भने दशैंमा वितरण गरिएका धेरै नोटहरु विग्रने तथा नष्ट हुने गरेको छ । दशैंमा नयाँ नोट नै प्रयोग गर्ने सर्वसाधारणको चाहनाले गर्दा मुलुकलाई थप व्ययभार बढेको छ । दशैंमा नयाँ नोट प्रयोग गर्दा अबीर तथा टीका लाग्ने गरेको छ । नोटमा अबीर तथा टीका लागेपछि नोटको आयु सकिने राष्ट्र बैंकको भनाई छ । यसले राष्ट्रको ठुलो धन राशी नष्ट हुने गरेको राष्ट्र बैंकको भनाई छ ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाले अन्य समयमा साना दरको नोट सर्वसाधारणबाट पनि नलिने र आफूले पनि नदिने गरेको तथा दशैको समयमा मात्र माग गर्ने गरेको कारण दशैको समयमा सर्वसाधारण र बैकका कर्मचारी दुवैलाई समस्या भएको राष्ट्र बैकले बताएको छ । साथै वित्तिय संघ संस्थाहरुको रकम राख्ने ढुकुटी पनि सानो भएकोले आवश्यक पूर्वाधारको विकास नगरेका कारण पनि देशभर नयाँ नोट व्यवस्थापन गर्न समस्या हुने गरेको राष्ट्र बैकले जनाएको छ ।
आगामी दिनमा प्रक्रृयागत सुधार गरी जुन सुकै समयमा बजारमा नयाँ नोट पाउने व्यवस्था गर्ने राष्ट्र बैकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);