डिभिकाे फारम भरिदिने नाममा बजारमा मनपरी शुल्क | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

डिभिकाे फारम भरिदिने नाममा बजारमा मनपरी शुल्क

नरेन्द्र खनाल
काठमाडौं, २९ असोज । अमेरिका यात्राका लागि नेपालीहरुमा सुनौला चिठ्ठाको रुपमा लिइने डिभि पुन खुल्ला भएको छ । जसका कारण डिभि भर्ने स्थानहरुमा भिडभाड देखिएको छ । तर सरकारी वेवास्थाका कारण डिभि चिठ्ठा भरिदिने नाममा बजारमा मनपरि शुल्क लिन थालिएको छ ।

अमेरिका जान चाहने नेपालीहरुले डिभि चिट्टा खुलेसंगै अहिले विभिन्न व्यवसाय संचालन गरेकाहरु कहाँ धमाधम फर्म भरिरहेका छन् । तर बजारमा डिभि चिठ्ठा भराईदिने नाममा आर्थिक चलखेल एवं अस्वस्थ प्रतिस्प्रधा हुन थालेको छ ।

स्वयम डिभि भराईदिने व्यापारीहरुले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको भन्दै नियमनकारी निकायले वास्ता नगर्दा विकृती मौलाएको बताएका छन् । डिभि फर्मको बजार अनियन्त्रीत हुँदै गएपछि एउटा फर्म भरे बापत व्यापारीले ५० देखि ३ सय रुपैयाँ सम्म लिने गरेका छन्।

काठमाडौंको न्युरोड क्षेत्रमा पनि डिभि भराईदिने नाममा यस्तै समस्या छ । यहाँका व्यबसायिहरुले भने डिभि भर्दा लिईने मुल्य सरकारी निकायको क्षेत्राधिकार नभएको भन्दै निजी कम्पनीहरुले तोक्ने गरेको बताएका छन् ।

यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले डिभि चिठ्ठा भराईदिने नाममा सर्वसाधारणहरुबाट मनपरि पैसा असुल्ने पसलहरुमा अनुगमन गर्ने जनाएको छ । अमेरिकी राजदूताबासको बेभसाईटमै डिभि चिठ्ठा भर्न पैसा नलाग्ने र सित्तैमा भर्न पाईने उल्लेख गरेले शुल्क लिनु गलत भएको बताएको छ ।

यसरी बजारमा डिभि चिठ्ठाको नाममा मनपरी मुल्य तोकि आफु खुसि रकम लिने प्रबृतीको विकासले राजश्वलाई समेत चुनौती दिन सक्ने भन्दै आन्तरीक राजश्व विभाग काठमाडौंले डिभि भराईदिने व्यापारिहरुको बिलको अनुगमन गर्ने जनाएको छ ।

कम्प्युटर र ईन्टरनेटको पहँुच नभएका नागरिकहरुलाई सहुलियत मुल्यमा सहयोग स्वरुप डि भि चिठ्ठा भराईदिनु आफैंमा नराम्रो अवश्य होईन, तर डिभि चिठ्ठाको नाममा मौकाको फाईदा उठाउँदै मन परि रकम असुल्ने गिरोह बिरुद्ध नियमनकारी निकाय तत्काल वजार अनुगमनमा निस्कनु पर्ने सर्बसाधारणको भनाइ छ ।