राष्ट्रिय गौरवका आयोजना निर्माणमा चरम लापरबाही | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

राष्ट्रिय गौरवका आयोजना निर्माणमा चरम लापरबाही

कृष्ण खनाल /टेकेन्द्र बस्याल

नेपालगंज, ९ असोज । राष्ट्रिय गौरवको आयोजना भनेर चिनिएका सिक्टा सिँचाई, भेरी बबई ड्राईभर्सन र हुलाकी राजमार्गको काममा चरम लापरवाही र ढिलासुस्ती भईरहेको छ । अर्बौको लगानीमा निर्माण हुन लागेका राष्ट्रिय आयोजना समयमा काम नहुँदा आम नागरिकमा निरासा छाएको छ ।

नेपालको राष्ट्रिय गौरवको आयोजना भनेर चिनिछन्, सिक्टा–सिँचाई, भेरी बबई ड्राईभर्सन र हुलाकी राजमार्ग । तर, यी आयोजनामा ठेकदारको लापरवाहीका कारण काममा ढिलासुस्ती भईरहेको छ ।

सिक्टा–सिँचाई आयोजना
यो आयोजना २०६२ सालमा सम्पन्न गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । तर, तीन वर्ष वितिसक्दा पनि काम पुरा भएको छैन । हस्तान्तरणका समयमा मूल नहर भत्किएपछि अहिले नहर आसपासका बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्दै आएको स्थानीयले गुनासो गरेका छन् ।

भेरी–बबई डाईभर्सन
त्यसैगरी, राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको काम पनि सुस्त गतिमा अगाडी वढीरहेको छ । भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य सन् २०१५ को जनवरीबाट सुरु भएको थियो ।

यसको सम्पुर्ण निर्माण सन् २०२० मार्चसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । १२ किलोमिटर सुरङ् निर्माण कार्य सम्पन्न गरी ४८ मेगावाट विद्युत उत्पादन गर्ने र बाँके, बर्दियाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाई पु-याउने उद्देश्य रहेको छ ।

तर, २०७४ असोज ३० गतेबाट टिबीएम मेसिनद्वारा सुरुङ् खन्न थालिए पनि सन्तोष जनक छैन । २०७५ भदौ मसान्तसम्म आईपुग्दा ७ किलोमिटर सुरुङ्ग निर्माण पुरा भएको छ । ठेकेदार भने सुरुङ्ग लक्ष्य भन्दा अगाडी नै सक्ने दावी गरिरहेको छ ।

नेपालगन्ज–बघौडा हुलाकी सडक
यता, राष्ट्रिय गौरबको अर्काे आयोजना हो, नेपालगन्ज–बघौडा हुलाकी सडक । एक अर्ब ७० करोड ४५ लाख ९२ हजार लागतमा सम्पन्न गर्नुपर्ने सडकको निर्माण १९ मार्च २०१४ मा सक्नेगरी २० सेप्टेम्बर २०११ मा ठेक्का सम्झौता भएको थियो ।

नेपालगन्जदेखि बघौडासम्म ४४ दशमलब ६ किलोमिटर सडक निर्माण गर्ने सम्झौतामा उल्लेख छ । तर, ३ बर्ष अगाडी काम पूरा भैईसक्नुपर्ने हुलाकी सडक समयमा नबन्दा धुलो, हिलोले आसपासका नागरिक हैरान भएको नेपालगन्जमा व्यापार गर्दै आएका बद्री शाह बताउँछन् ।