पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी

रौतहट, ९ असोज । रौतहट प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियार माथि पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालतको आदेशमा रौनियार माथि पक्राउ पुर्जी जारी गरिएको रौतहटका प्रहरी उपरिक्षक केदार ढकालले जानकारी दिए ।

पप्पु कन्स्ट्रसनले पुल, बाटो लगाएतका ठूला आयोजनाको काम गर्दै आएको छ । समयमा पुल निर्माण नसकिएका कारण डुंगा दुर्घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो ।

गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा गत भदौ ८ गतेको डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । पीडितहरुको किटानी जाहेरी पछि निर्माणको काम समयमा नसकेको भन्दै निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरीले उनलाई पटक पटक सम्पर्क गरि हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो । तर बेवास्ता गरे पछि जिल्ला अदालतबाट आदेश लिएर अध्यक्ष रौनियार माथि पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी गरिए पनि प्रहरीले उनलाई अझै पक्रन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);